८ जेष्ठ २०८२, बुधबार
बुधबार नेप्से परिसूचक ७.९४ अंकले घटे पनि कारोबार रकम भने ३ अर्ब ३८ करोड रुपैयाँले बढेको छ।
बुधबार १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ भने मंगलबार सात अर्ब ३१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो।
बुधबार बजार खुल्नेबित्तिकै परिसूचक ११ बजेर ३ मिनेट जाँदा २७७१ विन्दुसम्म पुगेको थियो। नयाँ गर्भनर आएपछि उत्साहित भएका कारोबारीले पाँच मिनेटमै एक अर्बभन्दा बढीको सेयर खरिद–बिक्री गरेका छन्।
आज ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको सेयर मूल्य घटेको छ ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । श्वेत–गंगा हाइड्रोपावरको सेयर मूल्य ८.३२ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका १३ समूहमध्ये वाणिज्य बैंक, म्युचुअल फन्ड र विकास बैंक समूहको परिसूचक बढेको छ ।