ताेलामा ११ सयले घट्याे सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

होमल्याण्ड खबर

२०८२ जेष्ठ १० गते, शुक्रबार ११:२५ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य १ हजार १०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।