रविका कानुन व्यवसायीको जवाफी बहस सुरु

होमल्याण्ड खबर

२०८२ जेष्ठ १० गते, शुक्रबार १३:२० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुप्रिम सहकारीका पीडितको तर्फबाट बहस सकिएको छ ।

सर्वोच्च अदालतमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र रामचन्द्र आरसी गौतमले बहस गरेका छन् । जाहेरवालाका तर्फबाट बहस सकिएसँगै लामिछानेका कानुन व्यवसायीको तर्फबाट जवाफी बहस सुरु भएको छ ।

लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले जवाफी बहस गरिरहेका छन् । बहसका क्रममा न्यायाधीश नहकुल सुवेदीले ब्रेकअघि नै सुनुवाइ सक्नेगरी बहस छोट्याउन आग्रह गरेका छन् । जवाफी बहस सकिएपछि आजै आदेश आउनेछ ।