२६ फाल्गुन २०८२, मंगलवार
सत्ता साझेदार दल नेपाली काङ्ग्रेसले सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकका केही व्यवस्थामा संशोधन गर्नुपर्ने निर्णय गरेको छ । सुकुम्बारीलाई वितरण गरिने जग्थासम्बन्धी व्यवस्थामा कांग्रेसले संशोधन गर्नुपर्ने निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सो विधेयकमाथि संशोधन गर्ने शुक्रबार अन्तिम दिन भएकाले कांग्रेस आन्तरिक छलफल गरी संशोधन दर्ता गर्ने निर्णय गरेको बताए ।


सांसदहरूले व्यक्ति नभई पार्टीले नै संशोधन गर्ने निर्णय लिएसँगै सुकुम्बासीलाई वितरण गर्ने जग्गाबारे व्यवस्था सरकारले ल्याएको विधेयक बमोजिम पारित नहुने अवस्था आएको छ । विधेयकमा प्रस्तावित गरिएका केही विषयहरू अस्पष्ट भएकाले स्पष्ट बनाउन संशोधन गर्नुपर्ने देखिएको काङ्ग्रेसले जनाएको छ ।
यस्तै हदबन्दीभन्दा बढीको जग्गा किन्न पाइने तर बेच्न नपाइने व्यवस्थामा पनि संशोधन गर्नुपर्ने निर्णय काङ्ग्रेसको छ ।