बालकोटमा कोठाभित्र मृत भेटिइन् एक महिला

होमल्याण्ड खबर

२०८२ जेष्ठ १२ गते, आईतवार १६:३६ मा प्रकाशित

भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।

बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् ।

भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार, आइतबार दिँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् ।

भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ ।