२६ फाल्गुन २०८२, मंगलवार
नेकपा माओवादीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ।
आज बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले राजीनामा दिएर छानबिनमा सघाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।


गृहमन्त्री पदमा हुँदा अनुसन्धान प्रभावित पार्नसक्ने माओवादीको आशंका छ।
उनले भने, ‘गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ। यो कुरा कांग्रेसकै नेताहरूले पनि उठाउनुभएको छ। राज्यका निकायले छानबिन सुरू गरिसकेको छ यस्तो स्थितिमा अब राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ ताकी पहुँच प्रभाव र पावर प्रयोग हुन नपाओस्, स्वतन्त्र निष्पक्ष छानबिनको लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ।’