माओवादी केन्द्र र नेपा: राष्ट्रिय पार्टीबीच एकीकरण

होमल्याण्ड खबर

२०८२ जेष्ठ १३ गते, सोमबार १५:२४ मा प्रकाशित

नेकपा माओवादी केन्द्र र नेपा: राष्ट्रिय पार्टीबीच एकीकरण भएको छ । सोमबार आयोजित एक कार्यक्रमबीच दुई पार्टीबीच एकीकरण भएको हो ।

सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपा: राष्ट्रिय पार्टीका अध्यक्ष डा . विजय सैँजूले हस्ताक्षर गरेका छन् ।

माओवादी केन्द्रले यसअघि आजै नेसपाको गंगानारायण श्रेष्ठ पक्षसँग एकता गरेको थियो ।