१५ जेष्ठ २०८२, बुधबार
संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले राजीनामा मागेका हुन् । सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए ।
पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताए ।