सुनको मूल्य घट्यो,चाँदीको बढ्यो

होमल्याण्ड खबर

२०८२ जेष्ठ १५ गते, बुधबार ११:५७ मा प्रकाशित

स्थानीय बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा १ हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ३०० कायम भएको छ ।

यसैगरी चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला २ हजार ५ रुपैयाँ पुगेको छ।