१७ जेष्ठ २०८२, शुक्रबार
संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउँदै छ। आगामी आवको बजेट बिहीबार दिउँसो ३ बजे सार्वजनिक हुँदैछ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।
बिहीबार बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नेपालको संविधान अनुसार हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटको सार्वजनिक गर्दैछन् ।
संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बिहीबार दिउँसो १ः३० बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन् । सोही दिन दिउँसो १ः४५ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण पेस गर्ने र दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।