रासायनिक मल अनुदानका लागि २८ अर्ब विनियोजन

होमल्याण्ड खबर

२०८२ जेष्ठ १६ गते, बिहीबार १५:३८ मा प्रकाशित

सरकारले रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको छ ।

संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रासायिनक मलको वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने बताए ।