आठ महिनामा ४३८ वटा उद्योग दर्ता

होमल्याण्ड खबर

२०८२ जेष्ठ १६ गते, बिहीबार १५:४२ मा प्रकाशित

चालू आर्थिक वर्षको आठ महिनामा ४३८ वटा उद्योग दर्ता भएका छन् ।

बिहीबार प्रतिनिधिसभामा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ मा ८ महिनामा ४३८ वटा उद्योग दर्ता भएको उल्लेख छ ।

ती उद्योग दर्गा हुँदा १ खर्ब ७१ अर्ब ३६ करोड लगानी स्वीकृत भएको छ । ती उद्योगबाट २३ हजार ६४ रोजगारी सिर्जना हुने अनुमान सरकारले गरेको छ ।