अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै

होमल्याण्ड खबर

२०८२ जेष्ठ १७ गते, शुक्रबार ११:२४ मा प्रकाशित

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् । बिहीबार बजेट भाषण गरेका अर्थमन्त्रीले त्यसको भोलिपल्ट बजेटकै विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

अर्थमन्त्रीको सचिवालयका अनुसार आजको पत्रकार सम्मेलन आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी विषयमा केन्द्रीत हुनेछ । पत्रकार सम्मेलन दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने छ ।

बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।

यो बजेट चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यस्तै संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । चलु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।