१८ जेष्ठ २०८२, शनिबार
निजी विद्यालयमा नेपाली बोलेबापत विद्यार्थीमाथि हुने कारबाहीविरुद्धको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा शुक्रबार पेसी तोकिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो ।
कानुन विषयका विद्यार्थीहरू आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले निजी विद्यालयमा विद्यार्थीलाई नेपाली बोलेबापत पिट्ने र जरिबाना उठाउने गरिएको भन्दै यस्तो कार्य संविधान विपरीत रहेको जिकिरसहित रिट निवेदन दायर गरेका हुन् ।
रिट निवेदनमा निजी विद्यालयहरूको छाता संगठन प्याब्सनसहित प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाइएको छ ।
नेपाली बोलेमा विद्यार्थीमाथि कारबाही, जरिबाना र मानसिक तनाव दिने क्रम बढेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएको रिट निवेदकहरूको भनाइ छ ।