साताको अन्तिम दिन सुनको मुल्य घट्दा चाँदीको बढ्यो

होमल्याण्ड खबर

२०८२ जेष्ठ १७ गते, शुक्रबार ११:३० मा प्रकाशित

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो।

बिहीबार तोलाको १ लाख ८७ हजार ८ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ। तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।