गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने माओवादीको निर्णय

होमल्याण्ड खबर

२०८२ जेष्ठ १७ गते, शुक्रबार १२:३७ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ ।

खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको सचिव लीलामणि पोखरे बताए ।

उनले भने, ‘हामीले यो विषय उठाइसकेका छौं । अब अन्य दलको पनि साथ लिएर गृहमन्त्रीको राजीनामा नआएसम्म सदनमा सशक्त भूमिका खेल्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं ।’

हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्नको लागि अवरोध नगरेको भएपनि अब चल्न नदिने उनले सुनाए ।

तर, एमाले-कांग्रेसका शीर्ष नेताले गृहमन्त्रीको राजीनामा असम्भव रहेको बताउँदै आएका छन् ।