१८ जेष्ठ २०८२, शनिबार
नुवाकोटको तारकेश्वर गाउँपालिकाले सबै वडामा राष्ट्रिय परिचयपत्र अभियान सञ्चालन गरेको छ।
‘कोही नछुटुन्, कोही नरोकिउन्’भन्ने नाराका साथ तारकेश्वर गाउँपालिकाले सञ्चालन गरेको राष्ट्रिय परिचयपत्र अभियान एक सातासम्म चलेको हो।
अभियानअन्तर्गत तारकेश्वर १ मा ८०, २ मा ७२, ३ मा ७६, ४ मा ६५, ५ मा ७० र ६ मा ६८ गरी सात सय ३१ जनालाई राष्ट्रिय परिचयपत्र विवरण संकलन गरिएको गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरलले बताए। उनले सामाजिक सुरक्षा भत्तालगायत अन्य सरकारी तथा बैंकिङ सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले अभियानमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिएको बताए।
सोही क्रममा दुई हजार पाँच सय ४२ जनालाई सामाजिक सुरक्षा भत्ता बापतको रकमसमेत प्रदान गरिएको छ।