२२ जेष्ठ २०८२, बुधबार
नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक आज बोलाएको छ । बैठक १२ बजे सिंहदरबारमा दलको बैठक बस्नेछ ।
आजको बैठकमा संसदमा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका छन् ।