अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच भेटवार्ता
होमल्याण्ड खबर
२०८२ जेष्ठ २० गते, सोमबार ११:२६ मा प्रकाशित
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार बिहान अर्थमन्त्रालयमा उक्त भेटवार्ता भएको हो ।
सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको छ ।