२२ जेष्ठ २०८२, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अंगाल्न नछोड्न आह्वान गरेका छन् । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्ने उनको अपिल छ ।
फेसबुकमा स्टाटस लेख्दै ओलीले भनेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं ।’
ओलीले ‘म झोले हो’ लेखिएको पोस्टर पनि सार्वजनिक गरेका छन् ।
पोस्टरमा लेखिएको छ- एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम हो ।