गभर्नरसँग सूर्य थापाको प्रस्ताव : पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखौँ

होमल्याण्ड खबर

२०८२ जेष्ठ २० गते, सोमबार १५:४१ मा प्रकाशित

नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन् ।

सोमवार अर्थ समितिमा बाफिया बारेको छलफलमा भाग लिँदै उहाँले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन् ।

उनले भने– ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ ।

नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’

उनले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताए । उनका अनुसार यसले नोटको महत्त्व बढाउनेछ ।