२३ जेष्ठ २०८२, बिहीबार
राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित आन्दोलन गर्दै आएको संयुक्त जनआन्दोलन समितिले आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन सुरु गर्ने भएको हो ।
उनीहरुले हिजो (सोमबार) विरोध प्रदर्शन गरेका थिएनन् । जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शन गर्न लागेका हुन् ।
राजावादीहरुले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् । यो आन्दोलन राजसंस्था र हिन्दुराज्य पुनस्र्थापना नभएसम्म जारी रहने राजावादी संयोजक नवराज सुवेदीले जानकारी दिए ।