२३ जेष्ठ २०८२, बिहीबार
संसद्का प्रतिपक्ष दलको बैठक पहिलो चरण बैठक सकिएको छ । बैठकले तीन वटा निर्णय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको प्रतिपक्ष दलको बैठकले २०६४ सालदेखि हालसम्म रहेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन÷आयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय गरेको छ ।
यस्तै बैठकले आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्री रमेश लेखकले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने जनाएको छ ।
बैठकले यस बारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने निर्णय गरेको छ ।
यी तिन बुँदाको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रवेश गरेका छन् ।