२३ जेष्ठ २०८२, बिहीबार
सरकारले ३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै २ वटा विदेशी र १ नेपाली निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
जसमा १ निर्माण कम्पनीलाई २ वर्ष, १ निर्माण कम्पनीलाई डेढ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउँदैनन् ।