२३ जेष्ठ २०८२, बिहीबार
जापनिज प्रविधिको प्रयोग गरि होमल्याण्ड पेन्टस्ले थर्माप्लाटिक रोड मार्किङ नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालको सडक सुरक्षामा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यका साथ, होमल्याण्ड पेन्टस् ले थर्मोप्लास्टिक रोड मार्किंग मटेरियल नेपाली बजारमा उपलब्ध गराएको छ।
कम्पनीले हालै सार्वजनिक गरेको विज्ञापन अनुसार यो सामग्री विशेषगरी नेपाली भूगोल, जलवायु, र सडक अवस्थालाई ध्यानमा राखी तयार पारिएको हो। थर्मोप्लास्टिक सडक चिन्ह सामग्री उच्च प्रविधिबाट तयार पारेको जसमा गुणयुक्त, दीर्घकालीन टिकाउ, र छिटो सुक्ने विशेषताले भरिपूर्ण छ, उक्त सडक चिन्हले रातको समयमा समेत स्पष्ट र सुरक्षित दिशानिर्देशन प्रदान गर्छ।
सडक सुरक्षा र सुन्दरताका साथै ट्राफिक संकेत, जेब्रा क्रसिङ, लेन मार्किङ आदिमा उपयुक्त होमल्याण्ड पेन्टसले यो उत्पाद विभिन्न सरकारी तथा निजी परियोजनाहरूमा सफलतापूर्वक आपूर्ति गरिसकेको जनाएको छ। काठमाडौं उपत्यकादेखि तराई तथा पहाडी भूभागसम्मका सडकहरूमा यसको प्रयोग सुरु भइसकेको छ।
उक्त पेन्टस् कम्पनीले जापनिज प्रविधिबाट गुणस्तरीय इमोलसन, प्रइमर, डिस्टेम्पर, वाल पुट्टी लगायतका रंग उत्पादन गर्दै आईरहेको यस कम्पनीका संचालक प्रकाश अघिकारीले बताएका छन् ।
आगामी दिनमा अझ प्रविधिमैत्री तथा वातावरणमैत्री सामग्री उत्पादन गर्दै जाने र आफ्नो उत्पादित रंगमा कुनै किसिमको गुणस्तरहीन केमिकलहरु प्रयोग नगर्ने उनले बताए ।