रास्वपाले माग्यो संसदीय समितिबाटै गृहमन्त्री लेखकको राजीनामा

होमल्याण्ड खबर

२०८२ जेष्ठ २२ गते, बुधबार १२:०८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद चन्दा कार्कीले गृहमन्त्रीको राजीनामा माग गरेकी हुन् ।

उनले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिन् । छानबिनबाट निर्दोष भए त्यसपछि आएर पुनः मन्त्री हुन कसैले नछेक्ने उनको भनाइ छ ।

सांसद कार्कीले सरकारले आफ्नो काममा सुधार ल्याउनुपर्नेमा जोड दिइन् ।