सभामुखले बोलाए राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक

होमल्याण्ड खबर

२०८२ जेष्ठ २२ गते, बुधबार १३:३७ मा प्रकाशित

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।

बैठक साढे १२ बजेका लागि बोलाइएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

प्रतिनिधि सभा बैठक अघि सभामुखले दलका सचेतकहरूसँग बैठक सञ्चालनको विषयमा छलफल गर्न लागेका हुन् । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

सत्ता पक्ष समिति गठनको लागि तयार नभएकोले संसद् बैठक अवरोध गर्ने रणनीतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू रहेका छन् ।