गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन: प्रवक्ता गुरुङ

होमल्याण्ड खबर

२०८२ जेष्ठ २२ गते, बुधबार १४:०२ मा प्रकाशित

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रियासमेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।

उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे । उनले दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने दाबी पनि गरे ।

प्रतिपक्ष दलहरुले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि छानबिन हुनुपर्ने भन्दै राजीनामा मागेका छन् ।