२४ जेष्ठ २०८२, शुक्रबार
प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा परिसूचक ३.१० अंकले घटेर २६४३.८५ विन्दुमा पुगेको छ।
यो समयमा ३९ वटा स्क्रिप्सको ७६ हजार २३७ कित्ता सेयर ३ करोड ८७ लाख ६४ हजार ९०८ रुपैयाँमा खरिद बिक्री भए। कारोबारमा आएकामध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा १८ वटाको घट्यो। बाँकी दुई स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।