आपराधिक विश्वासघातको आरोपमा श्रुति रौनियार पक्राउ

होमल्याण्ड खबर

२०८२ जेष्ठ २३ गते, बिहीबार १२:१९ मा प्रकाशित

पर्साकी श्रुति रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

विश्वासघात र ठगीसम्बन्धी आरोपमा पर्सा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो । सोही आरोपमा कार्यालयको टोलीले बिहीबार (जेठ २२) रौनियारलाई पक्राउ गरेको हो ।

कार्यालयका एसपी काजीकुमार आचार्यले रौनियारलाई पक्राउ गरेर पर्सा पठाइएको जानकारी दिए । उनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी हुन् ।