आज कतिमा हुँदैछ सुनको कारोबार ?

होमल्याण्ड खबर

२०८२ जेष्ठ २८ गते, मंगलवार १०:५९ मा प्रकाशित

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सयले घटेको हो । यससँगै मंगलबार छापावाल सुन तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । सोमबार तोलामा २१ सय ५० रुपैयाँ रहेको चाँदी मंगलबार २१ सय ६५ रुपैयाँ कायम भएको छ ।