अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, भाेलि मतदान हुने

होमल्याण्ड खबर

२०८२ जेष्ठ २८ गते, मंगलवार १५:४५ मा प्रकाशित

अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नेतृत्वका लागि सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो ।

निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

निर्वाचनको माग गर्दै नाराबाजी तथा होहल्ला भएपछि बन्द सत्र स्थगित गरिएको थियो । अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा.सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका थिए ।

ती नामहरूमा विरोध गर्दै असन्तुष्ट पक्षले नाराबाजी गरेको थियो । जसले गर्दा बन्द सत्र स्थगित गर्दै निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।