३१ जेष्ठ २०८२, शुक्रबार
भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ। भारतबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रारम्भिक जानकारीका अनुसार घटनालगत्तै अहमदावाद अग्नि तथा आपत्कालिन् सेवा कार्यालयले पाँचवटा दमकलहरु परिचालन गरिएको गुजरात समाचार अनलाइनले जनाएको छ । दुर्घटना भएको विमानमा २९० जना यात्रीहरु रहेको बताएको छ । दुर्घटनाको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन ।
३०० यात्रु बोक्ने क्षमता भएको बिमानमा २९० जना यात्रीहरु रहेको बताएको छ । यसअघि भने २४२ यात्रु रहेको समाचारमा जनाइएको थियो । ती मध्ये धेरैजना घाइते भएको हुन सक्ने बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार विमानमा तीनवटा विस्फोटनको अवाज आएको थियो । दुर्घटनाको कारण तथा भएको क्षतिको बारेमा पुष्टि हुन बाँकि रहेको समाचारमा बताइएको छ ।