केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

होमल्याण्ड खबर

२०८२ असार १ गते, आईतवार १०:२१ मा प्रकाशित

भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ ।

भारतीय मिडियाहरुका अनुसार केदारनाथ मन्दिर दर्शन पछि गौरीकुण्डतर्फ जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको हो ।

खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान छ ।दुर्घटना भएको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो । उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए।