१ असार २०८२, आईतवार
देशमा सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३ को वार्षिक बजेट सार्वजनिक गर्दैछन् ।
प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । केन्द्र सरकारले जेठ १५ गते नै बजेट सार्वजनिक गरिसकेको छ भने स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्ने छन् ।
यस्तै, बाग्मती प्रदेश सरकारले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।
कोशी प्रदेशले ३५ देखि ४० अर्ब हाराहारीको बजेट सार्वजनिक गर्ते तयारी गरेको छ भने मधेश प्रदेशले ४५ अर्ब बराबरको बजेट ल्याउन लागेको छ ।
यसैगरी, गण्डकी प्रदेशले ३२ अर्बको बजेट ल्याउने तयारी गर्दा लुम्बिनी प्रदेशले चालू आर्थिक वर्षको भन्दा केही सानो बजेट ल्याउने स्रोतले जनाएको छ । लुम्बिनी सरकारले चालू आर्थिक वर्षमा झण्डै ३९ अर्बको बजेट ल्याएको थियो ।