२ असार २०८२, सोमबार
सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गरेको १७ दिनपछि आजबाट प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ ।
जेठ १५ गते संसद्मा बजेट प्रस्तुत भए पनि प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण छलफल अघि बढ्न सकेको थिएन । आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो । छलफलको प्रारम्भमा बोल्दै अर्थमन्त्री पौडेलले वर्तमान आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई सही दिशा दिन बजेट ल्याइएको बताए ।
आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा नाराबाजी गर्दै आएको छ । पमुख प्रतिपक्षी दल माओवादी भने सत्तारुढ एमालेसँग दुईबुँदे सहमतिसँगै अवरोध फिर्ता लिएको छ । माओवादीको साथ पाएपछि सत्तारुढ दलहरूले रास्वपा र राप्रपालाई पेलेरै बजेटमाथिको छलफल प्रक्रिया अघि बढाएका हुन् ।