३ असार २०८२, मंगलवार
प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बाबजुद पनि संसद बैठक जारी रहेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन हुनुपर्ने माग रहेपनि सुनुवाइ नभएपछि रास्वपाका सांसदहरु पलेँटी कसेर बेल नजिक बसेका छन् ।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टी भने बैठक बहिस्कार गरेर हिँडेकाे छ ।
अहिले संसदमा अर्थमन्त्रीले पेश गरेको बजेट माथी सांसदहरूले छलफल गरिरहेका छन् ।