३ असार २०८२, मंगलवार
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबीच छलफल भएको छ । संसद् बैठक बस्नु अघि उनीहरूबीच मंगलबार सिंहदरबारमा छलफल भएको हो ।
छलफलमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच अर्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को मागलगायतका विषयमा पनि छलफल भएको बताइएको छ । रास्वपा भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद्मा अवरोध पुर्याउँदै आएको छ ।
रास्वपाका सांसद्हहरू मंगलबारको बैठकमा सहभागी हुन निलो रंगको खादा पहिरिएर नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका छन् ।