नेप्सेमा ३.९० अंकको गिरावट

होमल्याण्ड खबर

२०८२ असार ३ गते, मंगलवार १६:१३ मा प्रकाशित

साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा कायम भएको छ ।

यसदिन ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड बराबरको सेयर कारोबार भएको छ ।

आज सानिमा माई हाइड्रोपावरको ७४ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४६ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् । त्यस्तै सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले गुमाएका छन् ।