२३ फाल्गुन २०८२, शनिबार
स्थानीय बजारमा साताको अन्तिम कारोबार दिन ९शुक्रबार० पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ८ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५० रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि बुधबारको तुलनामा प्रतितोला ४ सय रुपैयाँले घट्दै बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम थियो ।


यसैगरी आज चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घट्दै बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ३५५ डलरमा किनबेच भइरहेको छ ।