रास्वपा र राप्रपाले बहिष्कार गरे प्रतिनिधिसभा बैठक

होमल्याण्ड खबर

२०८२ असार ६ गते, शुक्रबार १२:५७ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको शुक्रबारको बैठक बहिष्कार गरेका छन्।

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नउत्तर कार्यक्रम राखिएको थियो। तर दुई प्रतिपक्षीले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीमाथिको छानबिनको माग राख्दै सदन अवरोधको कार्यक्रम निरन्तर जारी राखेपछि सभामुख देवराज घिमिरेले उक्त कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।