रास्वपा प्रशिक्षण विभाग प्रमुखमा आचार्य मनोनीत

होमल्याण्ड खबर

२०८२ असार ८ गते, आईतवार १०:४० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अनिल केशरी शाहले राजीनामा दिएर रिक्त रहेको प्रशिक्षण विभाग प्रमुखमा सहमहामन्त्री विपिन आचार्य मनोनीत भएका छन् ।

रास्वपाको शनिबारको बैठकले आचार्यलाई प्रशिक्षण विभाग प्रमुखमा मनोनीत गर्ने निर्णय गरेको हो । बैठकले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टीको महामन्त्रीमा कविन्द्र बुर्लाकोटीलाई र प्रवक्तामा मनिष झालाई नियुक्त गर्ने निर्णय गरेको थियो । झालाई अभियान तथा प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।

यसैगरी  अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखको जिम्मेवारी रवि किरण अधिकारीलाई दिइएको छ ।