२५ फाल्गुन २०८२, सोमबार
परराष्ट्रमन्त्री आरजु राणा देउवाले इटाली र जर्मनी भ्रमणमा जाने भएकी छन् । असार ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनको इटाली र जर्मनी भ्रमण स्वीकृत गरेको हो ।
असार १३ गतेदेखि २९ गतेसम्म रोममा आयोजना हुने ‘एफएओको ४४औँ सम्मेलन’मा सहभागी हुन परराष्ट्रमन्त्री राणा इटाली जान लागेकी हुन् । यस्तै लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी जर्मनी जान लागेकी हुन् ।

