प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक

होमल्याण्ड खबर

२०८२ असार १३ गते, शुक्रबार १२:४७ मा प्रकाशित

मन्त्रिपरिषद् बैठक आज बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमण लगायतका एजेन्डामा छलफल हुने बताइएकाे छ ।

प्रधानमन्त्री शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा त्यहाँ असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्री सहभागी हुनेछन्।