२२ फाल्गुन २०८२, शुक्रबार
यू-१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन जोडेको हो ।
नेपालका लागि ओपनर प्रसिद्ध जैसीले ११४ बलमा १३२ रनको शानदार शतकीय पारी खेले । उनले १५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्का मद्दतमा ८८ रन बनाए ।


अर्का ओपनर परिमार्जन यादवले २८ बलमा ७१ रन जाेडे । उनले ४ चौका र ८ छक्का प्रहार गरे । जोय थापाले ४१ बलमा ५७ रन बनाए ।