तरुण दलको महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म गर्ने निर्णय

होमल्याण्ड खबर

२०८२ असार १९ गते, बिहीबार १२:०३ मा प्रकाशित

नेपाली कांग्रेसले भातृ संस्था तरूण दलको महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको हो । सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर २६ गतेदेखि २८ गतेसम्म तरूण दलको महाधिवेशन गर्ने निर्णय गरेको हो ।

तरूण दलको महाधिवेशन लामो समयदेखि हुन नसक्दा कांग्रेसले विद्वान गुरूङको नेतृत्वमा तदर्थ समिति बनाएको थियो । तदर्थ समितिलाई महाधिवेशन गर्ने जिम्मेव ारी दिएपनि पटक–पटक पार्टीले दिएको समयभित्र तरूण दलले महाधिवेशन गर्न सकेको छैन ।

तरूण दल महाधिवेशन निर्देशन समितिको प्रस्तावअनुसार मंसिर २६ गतेदेखि २८ गतेसम्म महाधिवेशन गर्न कांग्रेस केन्द्रीय समितिले मिति तय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यससँगै गत चैतमै सकिएको तरूण दलको वर्तमान तदर्थ समितिको म्याद पनि मंसिरसम्म थप भएको छ ।