२७ फाल्गुन २०८२, बुधबार
पाँच दिनअघि हराएका कमलामाई नगरपालिका( ११ कुलोखोलाका प्रदिपराज थापा मृत अवस्थामा फेला परेका छन् । उनको शव मंगलबार कमलामाई नगरपालिका (२ स्थित सिन्धुलीगढी नजिकै पौवागढीबाट करिब २५ फिट तल भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा डीएसपी सूर्य प्रकाश सुवेदीका अनुसार थापा गत १९ गते बिहीबारबाट बेपत्ता भएका थिए । पुरुष मृत अवस्थामा भेटिएको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा मृतक थापा भएको पहिचान खुलेको थियो ।


शव पोस्टमार्टमको लागि सिन्धुली अस्पतालमा पठाइएको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता सुवेदीको भनाइ छ ।