२१ फाल्गुन २०८२, बिहीबार
नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रलाई राहत हुने गरी नीति सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक आगामी आर्थिक वर्षको मौद्रिक नीतिअनुसार केन्द्रीय बैंकले घरकर्जा कर्जाको सीमा ३ करोड पुर्याएको छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा। विश्वनाथ पौडेलले घरकर्जा कर्जाको सीमा ३ करोड रुपैयाँ निर्धारण गरिएको बताएका हुन् ।


मौद्रिक नीतिअनुसार अब निजी घर निर्माण गर्दा र वा खरिद गर्दा ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । यसअघि दुई करोड रुपैयाँ कर्जा पाइन्थ्यो ।