६ बैशाख २०८२, शनिबार
नेपाल स्टक एक्चेन्ज नेप्सेले ३ बाणिज्य बैंक सहित ५ वटा बैंकको कारोबार रोक्का गरेको छ । नेप्सेले सनराइज बैंक, हिमालयन बैंक, मेगा बैंक, मिसन डेभलपमेण्ट बैंक तथा शंग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।
किन भयो कारोबार रोक्का ?
नेप्सेले यी कम्पनीले नेप्सेको निर्देशिका अनुसार काम नगरेको, सूचीकरण नियमावली र सूचीकरण विनियमावली पालना नगरेको कारण कारोबार रोक्का गरेको जनाएको छ। यी कम्पनीले नेप्सेलाई उपलब्ध गराउनु पर्ने सूचनाहरु नबुझाएको, संचालक समतिको बैठक बसेको समय उल्लेख नगरेको र कार्यतालिका अनुसार काम नगरेको बताईएको छ ।
नेप्सेले कति समयको लागि कारोबार रोक्का भएकोबारे के ही पनि खुलाएको छैन ।