टीभीएसको मेघा एक्सचेन्ज मेला

होमल्याण्ड खबर

२०७४ पुष ३ गते, सोमबार ०९:०८ मा प्रकाशित

बिगतलामो समयदेखि नेपाली बजारमा आफ्ना विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरू बिक्री बितरण गर्दै आएको टिभीएसले आफ्ना ग्राहकहरूलाई थप सुविधा, साथ तथा आवश्यकता पूर्ति गर्ने उद्देश्यले जगदम्बा मोटर्स अन्तर्गतको टीभीएसले पुस २ गतेदेखि ६ गतेसम्म मेघा एक्सचेन्ज मेला आयोजना गरेको छ । ५ दिन सम्मचल्ने उक्त मेगा एक्सचेन्ज मेलामा कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग टिभीएस कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिनेछ । हाल नेपालमा बिक्री वितरण हुँदै आएका अन्य दुईपांग्रे सवारीसाधनहरू मध्ये टिभीएस कम्पनीसँग सबैभन्दा धेरै मोडलका मोटरसाइकल तथा स्कुटरहरू उपलब्ध रहेका छन् । उक्त मेघा एक्सचेन्ज मेला विगतमा पनि हुँदै आएको थियो र भविष्यमा निरन्तर चलिरहने कम्पनीले जनाएको छ । 
देशको अन्य सहरहरूमा पनि चलिरहेको उक्त मेलामा जस्तोसुकै कन्डिसनको मोटरसाइकल पनि एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । एक्सचेन्जमा १० हजारदेखि १ लाख सम्मको स्योर सट क्यास छुटको अवसर प्रदान गरिनुका साथै थप मूल्यांकनको पनि व्यवस्था गरिएको छ । मेलालाई आकर्षक, मनोरन्जनात्मक र सुविधासम्पन्न बनाउन मोटरसाइकल स्टन्ट, फ्रिबाइक चेक अप, फेस पेन्टिङ, हेल्मेट अनि एसेसोरिज स्टल र विभिन्न खेलहरू प्रदर्शन गरिनेछ । मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्नका लागि मेगा एक्सचेन्ज मेलामै तुरुन्त फाइनान्सको सुबिधा छ ।